मंगलवार, बैशाख ११ गते, २०७५
» रोजगार
युवा स्वरोजगार कोषले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्नका लागि प्रतिव्यक्ति रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने भएको छ । यसअघि प्रतिव्यक्ति रु दुई लाख दिने गरेको कोषले रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने कोषका कार्यकारी उपाध्यक्ष डा प्रेम दंगालले बताए ।
वैदेशिक रोजगारीका क्रममा विभिन्न देशको जेलमा परेका नेपालीहरुका लागि सरकारले कानूनी प्रतिरक्षाका लागि सहयोग गर्ने भएको छ । विदेशमा रहेका श्रमिकले एक्लै कानूनी उपचार गर्न नसक्दा धेरै दुःख पाएको र अनाहकमा जेलमा बस्नु परेको भन्दै सरकारले कानूनी सेवा प्रदान गर्न लागेको हो ।
प्रहरीले बैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयबाट २९ जना विचौलियालाई पक्राउ गरेको छ । बैदेशिक रोजगारीमा जान लागेका सेवाग्राहीबाट १० गुणाभन्दा बढी रकम लिने, सेवाग्राहीलाई सिधै कार्यालमा जान रोक्नेलगायतका गुनासो आएपछि पुगेको प्रहरीले ३ महिलासहित २९ जना विचौलियालाई पक्राउ गरेको हो ।
Results 28 : You are at page 1 of 28
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28  Next »

Powered By : Unitech Media